ठूला दल नै संघीयता विरोधी छन्

विराटनगर, २६ असार । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विरोधी दलहरूका कारण संविधान र संघीयतामा समस्या आएको बताएका छन् ।
विराटनगरमा आज आयोजित कार्यक्रममा उनले ठूला दलहरु संघीयता विरोधी रहेको दाबी गरे । उनले भने, ‘ठूला भनाउदा दलहरू नै संघीयताका कट्टर विरोधी छन् ।’
एमाओवादी, कांग्रेस र एमालेका कारण मुलुकले नयाँ संविधान पाउन नसकेको उनको आरोप समेत थियो । सौर्य

प्रतिक्रिया