काठमाडौं, २६ असार । नेपाल स्वास्थ्य व्यवसायी महासंघले साउन–१ गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ शुल्क निर्धारण गरेको छ ।
महासंघका अनुसार स्वास्थ्य परीक्षण शुल्क पुरुषका लागि प्रतिव्यक्ति दुई हजार ९ सय ४० रुपियाँ र महिलाका लागि प्रतिव्यक्ति तीन हजार १ सय रुपियाँ निर्धारण गरिएको छ ।
सरकारले वैदेशिक रोजगारका लागि खुला गरेका मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षण हाल २ सय ५ स्वास्थ्य संस्थाबाट भइराखेको छ ।
स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको ढाँचामा हुनुपर्ने प्रावधान छ । हाल स्वास्थ्य परीक्षण गर्न पुरुषका लागि दुई हजार र महिलाका लागि दुई हजार १ सय रुपियाँ रहेको छ ।
महासंघका अध्यक्ष प्रवीण तिवारीले वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षणसम्बन्धी निर्देशिका २०६९ पनि जारी गरिएको जानकारी दिए ।
प्रतिक्रिया