दाहाल र भट्टराईमा अन्तरद्वन्द्व बढाउन सक्रिय

काठमाडौं, २६ असार । एमाओवादी पोलिटब्यूरो सदस्य एवं प्रधानमन्त्री पत्नी हिसिला यमीले बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहालकावीच अन्र्तद्वन्द्व बढाएर फाइदा लिन कांग्रेस र एमाले सक्रिय रहेको आरोप लगाएकी छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले पार्टी भित्र अन्तरद्वन्द्व चर्काउन चाहने तत्वसँग सर्तक रहनुपर्ने बताईन । कांग्रेस, एमालेलगायतका दलहरुले भट्टराईले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेकोमा आक्रोश व्यक्त गरिन् ।
‘उहाँहरु बाबुरामले डाकेको बैठक बहिष्कार गर्नुहुन्छ,’ उनले भनिन्, ‘हाम्रै पार्टी अध्यक्ष पुष्पकमल दाहालले डाकेको बैठकमा जानुहुन्छ ।’
पूर्ण बजेट ल्याउन सरकार दृढ रहेको भन्दै यमीले भनिन्, ‘कुनैपनि चुनौतीका सामु सरकार झुक्दैन ।’
प्रधानमन्त्री पत्नी यमीले पूर्व राजा ज्ञानेन्द्र शाह फर्कनसक्ने समेत चेतावनी दिएकी छन् । उनले दलीय प्रणाली असफलता तिर बढेकाले पूर्व राजा शाह फर्कनसक्ने सम्भावना बढेको बताई ।
उनले भनिन्, ‘पूर्व राजा शाह फर्कन सक्छन् शतर्क रहनु पर्छ ।’ उनले दलहरुको सत्ता लुछाचुडीले गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको टिप्पणी गरिन् ।
कांग्रेस र एमाले सत्तामा मात्रै केन्द्रित भरहेको आरोप लगाउदै यमीले उनीहरु सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिईन ।
प्रधानमन्त्री भट्टराईमाथि पदलोलुप भनी लागेको आरोपको यमीले खण्डन गरिन् । उनले भनिन्, ‘भट्टराईलाई पदलोलुपको आरोप लगाउनु सरासर गलत छ ।’

प्रतिक्रिया