नेविसंघको महाधिवेशन पुसको अन्तिम साता

काठमाडौं, २३ असार । आन्तरिक विवाद पछि तोकिएको समयमा महाधिवेशन गर्न नसकेको नेपाल विद्यार्थी संघले पुसको अन्तिम साताका लागि राष्ट्रिय महाधिवेशन प्रस्ताव गरेको छ ।
काठमाडौंमा आजदेखि सुरु भएको नेविसंघ केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष रञ्जीत कर्णले पुसमा महाधिवेश गर्न प्रस्ताव गरेको प्रवक्ता यु.पी.लामिछानेले जानकारी दिए । ‘अध्यक्षले पुसको अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव पेस गर्नु भएको छ,’ उनले भने, ‘बैठकले संगठन सुदृढिकरण लगायतका विषयमा पनि निर्णय गर्ने छ ।’
शैक्षिक क्षेत्रको सुधार, शिक्षामा हुने गरेको मनपरी शुल्क असुल्ने कार्य, संगठन सुदृढीकरण, त्रिविमा सुधारलगायतका विषय समेटेर अध्यक्ष कर्णले बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रदीप पौडेल नेतृत्वको अघिल्ला कार्यसमितिले महाधिवेश गर्न नसकेपछि कांग्रेसले हस्तक्षेप गरेर कर्ण नेतृत्वमा महाधिवेशन गर्न नयाँ कार्यसमिति बनाई दिएको हो । बैठक आइतबार सम्म चल्ने छ ।

प्रतिक्रिया