कांग्रेस र एमालेलाई सच्चिन त्रिपाठीको सुझाव

काठमाडौं, २२ असार । भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठीले संघीयता बिरोधीहरुको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने बताएका छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले संघीयता बिरोधी चरित्र बोकेको नेतृत्वसँग सहकार्य नहुने बताए । उनले भने, ‘परिवर्तनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीयता विरोधी पार्टीहरुको नेतृत्व स्वीकार्न सक्दैन ।’
‘कांग्रेस र एमालेमा रहेको विद्यमान नेतृत्वको बहुमत संख्या संघीयता बिरोधी छ,’ उनले भने, ‘भावी सरकारको नेतृत्वका लागि उनीहरु सच्चिनु पर्छ ।’
तमलोपका सहअध्यक्ष समेत रहेका मन्त्री त्रिपाठीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेस र एमालेले संघीयता सहितको संविधान स्वीकार्नु पर्ने सर्त अघि सारेका छन् ।
उनले वर्तमान सरकार अझै पनि आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति जुटाउन लागी परेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया