वर्षाका कारण धनगढी क्षेत्र डुबानमा

कैलाली, २२ असार । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् ।
सदरमुकाम धनगढी नगरपालिका क्षेत्रमा जमेको पानी निकास हुन नसके पछि अधिकांस वडाहरु डुबानमा परेका हुन् ।
धनगढीका शिवनगर, तारानगर, चटकपुर, हसनपुर, रातोपुल, क्याम्पसरोड लगायतका विभिन्न स्थानमा जमेको पानीले निकास नपाएपछि डुबान भएको हो ।
डुबानका कारण मानवीय क्षति भने भएको छैन । यद्यपि स्थानीय पसल र घरमा रहेका सामानहरुमा भने क्षति पुगेको छ ।
धनगढी नगरपालिका वडा नम्बर ७ बेली र उर्मा गाविसको कनरी गाउँपनि डुबानमा परेका छन् ।
गाउँका एकसय बढी घर डुबानमा परेर बिचल्ली भएको स्थानीय प्रशासनले जनाएको छ ।
पूmलवारी गाविसका विभन्न स्थान र मसुरिया गाविसका केही वडाहरुपनि डुबानमा परेको स्थानीयले बताएका छन् ।
निर्माण कार्य भइरहेको पूर्वपश्चिम हुलाकी सडकमा रहेका पुराना कल्भर्टहरु भत्काएपछि सवारी आवागमनमा समस्या भएको छ ।
बर्षाले हुलाकी सडकका विभिन्न स्थानमा क्षति पुराउदा धनगढी पूmलवारी यातायात सेवा समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया