चर्चा कमाउने अन्तिम अस्त्र

मुम्बई : अभिनयमा जम्न छोडेपछि पनि आफूलाई चर्चामा राखिरहन अनेकौँ आइडिया लगाउँछन् बलिउड सेलिब्रिटीहरू । सबैभन्दा सजिलो उपाय भेट्टाउँछन्, सकेजति एक्सपोज गराएर फोटोसुट गराउनु । अंगप्रदर्शनका मामिलामा कठोर मानिएका अभिनेत्रीहरूले पनि अन्तिममा चर्चा बटुल्ने हतियारका रूपमा त्यसैलाई उपयोग गर्ने गरेको देखिन्छ ।
चलचित्र पाउन छाडेपछि अभिनेत्री नेहा धुपियाले पनि सेक्सी फोटोसुटकै बाटो अपनाएको चर्चा एजेन्सीले गरेको छ । त्यसो त उनी सुरुदेखि नै सेक्सी छविका कारण चर्चामा थिइन् । तर, यसपालि उनले दिएको फोटोपोज विगतको भन्दा पनि सेक्सी रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । नेहाको हट तस्वीरको चर्चाले यतिखेर पूरै बलिउड तातेको छ ।
उनले मेक्सिम म्यागजिनको जुलाई अंकका लागि ती तस्वीर खिचाएकी हुन् । कालो निकर र टप ड्ेरसमा उनले आफ्नो करियरकै सबैभन्दा सेक्सी पोज दिएकी छन् । उनको पोजले म्यागजिनको कभर सानदार बनेको चर्चा एजेन्सीले गरेको छ । (एजेन्सी)

प्रतिक्रिया