खुकुरी प्रहार गरी हत्या

सिन्धुपाल्चोक, २० असार । आर्थिक लेनदेनको विषयमा झगडा हुँदा फटकशिला–१ का सुदीप नेपालीले स्थानीय २३ बर्षीय माने तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
गएराति भएको झगडामा नेपालीले तामाङको हत्या गरेका हुन् ।
झगडामा माने तामाङका बुबा बेलबहादुर तामाङ गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालयका निरीक्षक लोकहरी खनालले जानकारी दिए ।
बेलबहादुरको टाउकोमा गम्भीर चोट लागेको खनालले वताए । उनलाई गएराति नै उपचारका लागि काठमाडौं लगिएको छ ।
हत्या गरेर भाग्ने प्रयास गरेका नेपालीलाई ईप्रका मेलम्चीको टोलीले स्थानीय जंगलवाट नियन्त्रणमा लिईएको छ ।
‘घटनाको प्रकृति अनुसार नेपालीले बेलबहादुरको बाबु र छोराको नै हत्या गर्न खोजेको देखिन्छ,’ निरीक्षक खनालले भने, ‘छिमेकीले थाहा पाएर छुट्टाउदा बाबु भने बाँच्न सफल भएका छन् ।’

प्रतिक्रिया