पूर्ण वजेटमा वातावरण बनाउन आग्रह

काठमाडौं, १८ असार । नेपाल उद्योग वाणिज्य महासंघले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग सहमतिमा पूर्ण बजेट ल्याउन पहल गर्न आग्रह गरेको छ ।
महासंघका पदाधिकारी र एमाओवादी अध्यक्ष दाहालवीच आज काठमाडौंमा भएको छलफलका क्रममा उद्योगी, व्यवसायीले पूर्ण बजेटमा जोड दिएका हुन् । जवाफमा अध्यक्ष दाहालले वजेट सहमतिमै आउने भन्दै आफूले त्यसका लागि पहल गरिरहेको बताए ।
सर्वोच्च अदालते पूर्ण वजेटका सम्बन्धमा दिएको आदेशलाई स्वागत गरेका दाहालले वजेटमा आशंका नगर्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।
वजेटका सम्बन्धमा विभिन्न दलका प्रमुख नेताहरुसँग भेटगर्दै आएको महासंघले यस अघि एमाले अध्यक्ष झलनथा खनालसँग भेटबार्ता गरिसकेको छ ।

प्रतिक्रिया