ओलम्पिक स्वर्णको दाबी

न्युयोर्क, १८ असार । दुईपटककी ओलम्पिक उपविजेता एलिसन फेलिक्स आसन्न ओलम्पिकका लागि अमेरिकाको तर्फबाट २ सय मिटर दौडमा छनोट भएकी छन् । युएस ट्रायलमा शीर्षस्थान पाउने क्रममा फेलिक्सले २१.६९ सेकेन्डमा दूरी पार गरिन् । १ सय मिटरको छनोटमा विवादमा परेकी फेलिक्सले आफू ओलम्पिकमा स्वर्णपदकको दाबेदार भएको बताएकी छन् । फेलिक्सले छनोटमा तय गरेको समय इतिहासकै छैटांै छोटो समय हो । यसअघि प्रतिबन्धित औषधि सेवन गरेकी मारियन जोन्स, मर्लिन ओट्टो र विश्वकीर्तिमानधारी फ्लोरेन्स ग्रिफ्थ जोयनरले मात्र यसभन्दा छोटो समयमा कुदेका थिए ।
वर्तमान विश्वविजेता तथा सन् २०११ की उपविजेता क्यारमिला जेटरले २२.११ तथा सान्या रिचर्ड्सले २२.२२ सेकेन्डमा दूरी पार गर्दै ओलम्पिकमा स्थान पाए । पहिलो ओलम्पिकमा सहभागिता जनाउँदै गरेकी जेटरले १ सय मिटर छनोटमा पहिलो स्थान पाएकी थिइन् । रिचार्ड्सले २ सय र ४ सय मिटर दुवै स्पर्धामा सहभागिता जनाउँदै छिन् । फेलिक्स उनकै ट्रेनिङ पार्टनर जेनेबा तारमोहाबीच १ सय मिटरमा तेस्रो स्थानमा टाई भएपछि २ सय मिटरको रेस नभएसम्म सहभागी गराउने खेलाडीको निर्णय भएको थिएन । तारमोहा २ सय मिटरमा पाँचाँै भइन् ।
तारमोहा, फेलिक्स र उनका प्रशिक्षक बब केर्सी बसेर विवादको समाधान गर्नेछन् । आश्चर्यजनक रहेको दौडमा यो वर्षको १० उत्कृष्ट समयमध्ये सात उत्कृष्ट समय यसै ट्रायलमा रहेको थियो । यी सातमध्येका चारजना ओलम्पिकमा कुद्न नपाउने दुर्भाग्यशाली खेलाडीको रूपमा रहनेछन् । ६० मिटर हर्डल्सका इन्डोर च्याम्पियन एसियन मेरिटले यो वर्षको उत्कृष्ट समयमा कुद्दै १ सय १० मिटर हर्डल्सका लागि छनोट भएका छन् । उनले १२.९३ सेकेन्डमा दूरी पार गरे । यसअघि चीनका लिउ जियाँगले १२.९७ सेकेन्डमा दूरी पार गरेका थिए । सन् २००८ को बेइजिङ ओलम्पिकमा तेस्रो स्थान पाएका डेविड ओलिभरले छनोटमा पाँचौँ हँुदै ओलम्पिक गुमाएका छन् ।
बेइजिङ ओलम्पिकका उपवविजेता हेलस फउन्टेन पहिलो हुँदै हेपाथलनमा छनोट भइन् । विश्व च्याम्पियन क्रिस्टियन टेलर ट्रिपलजम्पमा छनोट भए ।

प्रतिक्रिया