ब्लेकलाई गुचीको साथ

लन्डन : हलिउड अभिनेत्री ब्लेक लाइवलीलाई अब फेसन ब्रान्ड गुचीका पहिरन तथा सामग्रीसाथ देखिने भएको छ । ब्लेकले गुचीका सामग्री प्रवद्र्धनका लागि मोडलिङ गर्ने भएकी हुन् । ब्लेकको फेसन बुझाइ र आकर्षक हाउभाउसाथ प्रस्तुत हुने शैलीका कारण उनलाई छानिएको ब्रान्डकी क्रिएटिभ निर्देशक फ्रिडा जियानिनीले बताइन् । भनिन्, ‘ब्लेक साह्रै सुन्दर छिन्, सुन्दर फेसन साह्रै मन पराउँछिन् । कपडा छान्ने मामिलामा पनि अगाडि छिन् ।’ जवान ब्लेकको फेसनप्रतिको उत्साहले आफूलाई तानेको पनि फ्रिडाले बताइन् ।  ब्लेकभन्दा पहिले गायका रिहाना, अभिनेत्री ड्यु बेरिमोर र क्रिस इवान्सजस्ता बलिउड सेलिब्रिटी पनि यो ब्रान्डसँग जोडिइसकेका छन् । ब्लेक पनि गुचीसँग जोडिन पाएकोमा उत्साही छिन् । (एजेन्सी)

प्रतिक्रिया