गाडिएका शवा उत्खनन् गर्न मार्गनिर्देशिका

काठमाडौं, १३ असार । राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक ढंगबाट गाडिएका शवको उत्खनन गर्न ‘शवोत्खनन् मार्गनिर्देशिका, २०६९’ जारी गरेको जनाएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर गैरन्यायिक ढंगबाट हत्या गरी गाडिएका व्यक्तिहरुको तहकिकात गरी पीडित पक्षलाई न्याय प्रदान गर्न मार्गनिर्देशिका बनाएको जनाएको छ । उसले मार्गनिर्देशिकाबाट दोषीमाथि कारबाही गर्न सजिलो हुने दाबी गरेको छ ।
यसैवीच, आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेर बागमती करिडोरमा बस्दै आएका सुकुम्बासीहरुको घर टहरा भत्काउँदा हुन गएको क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिन आग्रह गरेको छ ।
आयोगले अतिक्रमित सरकारी जग्गा खाली गर्नुभन्दा अघि वैकल्पिक व्यवस्था मिलाउन र सोको जानकारी आयोगलाई दिन पनि सरकारसँग आग्रह गरेको छ ।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्वासीको घर टहरा भत्काउने सरकारको निर्णयले आर्थिक एवम् सामाजिक अधिकारबाट बञ्चित गरेको भन्दै आयोगले न्यायोचित वैकल्पिक व्यवस्था गरी अधिकारको संरक्षण गराई पाउँ भनी उजुरी परेको समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया