भट्टराईका इच्छा पुरा हुन दिन्नौः ओली

काठमाडौं, १३ असार । एमाले वरिष्ठ नेता केपी ओलीले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको सत्ताकब्जाको रणनीति पुरा हुन नदिने बताएका छन् ।
उनले एमाओवादीको भित्री कुरा आफूहरुलाई जानकारी रहेको बताउदै सत्तामा टिकिरहने योजना कदापी पुरानहुने उल्लेख गरे । उनले भने, ‘राजनीतिक रुपमा प्रधानमन्त्री बाबुराम भट्टराईले जनुदिशा दिन खोजेका छन्, त्यो गलत छ ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन आज शिक्षण अस्पताल पुगेका ओलीले राजनीतिक निकासका लागि भट्टराईको बहिरगमन आवश्यक रहेको बताएका हुन् ।
उपसभापति पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार पौडेल र नेता ओलीले मुठभेड भन्दा राजनीतिक सहमति गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिएका छन् ।
आईसियुबाट सामान्य बेडमा सारिएका उपसभपाति पौडेललाई एमाओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले पनि भेट गरेका छन् । उनले पौडेलको स्वास्थ्य सुधारको कामना गरेका छन् ।
सहयोगी अधिकारीका अनुसार पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएपछि आईसियुबाट साधारण बेडमा सारिएको हो । अझै दुई, तीन दिनपछि मात्रै पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने वा नगर्ने भन्ने बारेमा टुङगो लाग्ने छ ।

प्रतिक्रिया