विषालु च्याउ खादा पाँच जना विरामी

हेटौंडा, ११ असार । मकवानपुर जिल्लामा घर नजिकै रहेको जंगलवाट ल्याएको च्याउ खादा हेटौंडा–८, कमानेका एकै परिवारका चार सहित पाँच जना बिरामी परेका छन् ।
जंगली च्याउको तरकारी खाएपछि ४४ बर्षीय दीपक कार्की, ४० बर्षीया इन्दु कार्की, १७ बर्षीय दीपेन कार्की, १५ बर्षीय अनीष कार्की रहेका छन् ।
त्यस्तै, ३५ बर्षीया छिमेकी लक्ष्मी गुरुङपनि च्याउन खाएर विरामी परेकी छन् ।
विषालु च्याउकै कारण गम्भीर रहेका उनीहरुलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया