इलाममा पाँच जनाको स्थिति अझै अज्ञात

इलाम, १० असार । सशस्त्र द्वन्द्वको समयमा विभिन्न पक्षबाट बेपत्ता बनाईएका इलामका पाँच जनाको अवस्था अझै अज्ञात छ । विभिन्न मितिमा बेपत्ता भएका उनीहरुको स्थिति अझैसम्म सार्वजनिक नहुँदा पीडित परिवार चिन्तित भएका छन् ।
शान्ति प्रक्रिया शुरु भएको छ वर्ष पूरा भईसक्दा समेत बेपत्ता बनाईएकाहरुको खोजी कार्यमा सम्बन्धित पक्षबाट पहल नभएको परिवारजनले गुनासो गर्दै आएका छन् ।
फाकफोक–१ का गोकुल निरौला, पुवामझुवा–८ का अगमसिंह राई, चिसापानी–१ का लोकबहादुर थापा, शान्तिपुर–१ का लोकेन्द्र भट्टराई र जिर्मले–४ का निरबहादुर रिजाल बेपत्ता छन् ।
मंगलबारे–३ का तत्कालीन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य कटक साङपाङलाई एमाओवादीले अहिलेसम्म बेपत्ताकै सूचीमा राखेको छ ।

प्रतिक्रिया