महोत्सवमा ८ नेपालभाषी चलचित्र

काठमाडौं : छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०६९ मा ८ नेपालभाषी चलचित्र प्रदर्शन गरिने भएका छन् । इन्डिजिनियस फिल्म अर्काइभद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा महोत्सवका लागि नेपालबाट छानिएका छोटा तथा लामा २८ चलचित्रमध्ये आठ नेपालभाषी चलचित्र रहेको जानकारी गराइएको हो । आगामी असार २८ देखि ३१ गतेसम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना हुन लागेको महोत्सवमा प्रदर्शन गरिने ती चलचित्र नेवार समुदायका निर्देशकले नै तयार पारेका हुन् । एकाराम सिंहद्वारा निर्देशित गुठिज स्ट्रगल, रत्नकाजी महर्जन निर्देशित मुद्दा , अमृतचन्द्र श्रेष्ठ निर्देशित च्याय् मफुगु इता:, महेन्द्रराज डंगोल निर्देशित प्रथम भूमिपुत्र लिसे धुन्या, रंगकर्मी तथा कार्यक्रम प्रस्तोता लुनिभा तुलाधर निर्देशित ट्युन्स फ्रम द सोयल, आलोक तुलाधर र रजनी श्रेष्ठको संयुक्त निर्देशन रहेको योमरी या बाखा, लुजव सिंह निर्देशित इम्प्रेसन अफ लुम्बिनी, विराजकाजी राजोपाध्याय निर्देशित म्याजिक अफ ह्विल्स शीषर्कका नेपालभाषी चलचित्र छनोट भएका हुन् । (सौस)

प्रतिक्रिया