अल कायदाका लडाकु मारिए

साना, १० असार । अल कायदाका लडाकुविरुद्ध शुक्रबार यमनमा भएको कारबाहीमा सात लडाकुको ज्यान गएको छ । यमनी
सैनिकले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको हो ।
केही महिनादेखि यमनमा अल कायदाले व्यापक मात्रामा आक्रमण थालेपछि अल कायदाविरुद्धको कारबाहीलाई त्यहाँको सैनिकले तीव्र बनाएको छ । यमनको दक्षिण तथा पूर्वी क्षेत्रमा गस्तीमा रहेको सेनामाथि अल कायदाका लडाकुले आक्रमण थालेपछि भिडन्त भएको थियो । भिडन्तका क्रममा ती लडाकुको मृत्यु भएको हो । गत साता सोही क्षेत्रमा भएको भिडन्तमा परी अल कायदाका ४० लडाकुको मृत्यु भएको थियो ।
अल कायदाको प्रभाव रहेको सो क्षेत्रमा सरकारी सेनाले खोजी अभियान जारी राखेको बताइएको छ । यमनमा अल कायदाका लडाकुमाथि अमेरिकी सेनाले पनि हवाई कारबाही सुरु गरेको छ । (एएफपी)

प्रतिक्रिया