सेक्स फ्री ब्रेकअपको तयारी

हलिउडको खबर बजारमा चर्चा चलेअनुसार अभिनेत्री डेमी मोर र पति अस्टोन कुचरले केही समयका लागि ‘सेक्स फ्री ब्रेक अप’ लिने तयारी गरिरहेका छन् । उनीहरूको वैवाहिक जीवन विवादमा परेर पुन: साम्य भएका बेला सुरु भएको यस्तो हल्लाले हलिउडको माहोल तताएको छ ।
अस्टोन आफूप्रति इमानदार नभएको भन्दै डेमीले गत वर्ष उनीसँग सम्बन्धविच्छेदको घोषणा गरेकी थिइन् । तर, केही समयपछि उनीहरू पुन: सँगै बस्न थालेका थिए । ‘रियुनियन’ का लागि मनौवैज्ञानिक रूपमा तयार बन्न उनीहरूले केही समय ‘सेक्स फ्री’ सम्बन्ध चाहेको हुनसक्ने अनुमान गरिएको छ । पति अस्टोनले केही दिनका लागि हिमाली क्षेत्रमा एउटा लज दुवैका लागि बुकिङ गरेका छन् । तर, उनीहरूका लागि छुट्टै ओछ्यानको व्यवस्था मिलाइएको बताइन्छ । लजमा रहुन्जेल उनीहरूले ‘सेक्स’ नगर्ने योजना बनाएको स्रोतको दाबी छ । (एजेन्सी)

प्रतिक्रिया