यौन असुरक्षामा युवापुस्ता

टिनएज स्वभावैले बढी जिज्ञासु उमेर हो । यौनबारेको जिज्ञासा पनि यही उमेरमा तीव्र हुन पुग्छ । पश्चिमा मुलुकमा सेक्सप्रति उदारता राखिन्छ । सेक्समा उदार रूपमा प्रस्तुत हुने नयाँ पुस्ताको गतिविधि क्रमिक रूपमा बढ्दो छ । पश्चिमा संस्कृतिको प्रभाव समयसँग हामीकहाँ पनि बढ्दो छ । केटीले पाइन्ट लगाएको पनि नौलो लाग्ने बेला हुँदै उनीहरूले मिनिस्कर्ट लगाएको पनि स्वाभाविक मानिने जमानासम्म आइपुगेको छ समाज । पश्चिमा मुलुकको नयाँ पुस्तामा देखिएको सेक्स गतिविधि यहाँसम्म आइपुग्दा विकृतिको रूप लिँदै छ । यद्यपि उताको टिनएजर्स लाइफलाई यौनका गीतिविधिका दृष्टिले पनि गम्भीर रूपमा लिइएको छ । असुरक्षित सेक्स गतिविधिले गर्दा उत्पन्न हुने विभिन्न समस्यातर्फ अध्ययन, अनुसन्धानहरूले सजग गराएका छन् । मानव स्वास्थ्यका क्षेत्रमा काम गर्ने एउटा विभागले गरेको सर्वेक्षणले पनि त्यसलाई पुष्टि गरेको छ ।
एउटा सर्वेक्षणअनुसार हाइस्कुल पढ्नेमध्ये ४६ प्रतिशत विद्यार्थी कुनै न कुनै सेक्स सम्बन्धमा गाँसिएका हुन्छन् । सेक्स सम्बन्ध राख्ने कुल तथ्यांकको १३.८ प्रतिशतले भने एकभन्दा बढी यौनसाथीसँग सम्बन्ध राखिएको पाइएको तथ्यांकले बताउँछ । सेक्स गर्नेमध्ये २१.६ प्रतिशतले त नशालु पदार्थ पनि सेवन गर्छन् । ती नशालु पदार्थमा अल्कोहलदेखि ड्रक्ससम्म पर्ने जनाइएको छ । ३८.९ प्रतिशतले मात्र कन्डम प्रयोग गर्ने पनि अनुसन्धानले देखाएको छ । यसले पनि त्यहाँ असुरक्षित यौन सम्बन्धको बढ्दो तथ्यांकलाई पुष्टि गर्छ । एचआइभी संक्रमित हुनेमध्ये धेरैजसो १५ देखि २४ वर्ष उमेर समूह रहेको तथ्यांकमा प्रस्तुत छ । संयुक्त राज्य अमेरिकामा गरिएको यस सर्वेक्षणले नयाँ पुस्ताको अस्तव्यस्त सेक्स लाइफ देखाउँछ । बढ्दो आधुनिकतासँगै फैलिएको स्वतन्त्रताले नेपालमा पनि पछिल्लो समय युवा पुस्तामा असुरक्षित सेक्स लाइफ रहेको विभिन्न अध्ययनले देखाएका छन् । (एजेन्सी)

प्रतिक्रिया