कार्यकर्ता भेलाको सुझावमा छलफल

काठमाडौं, ७ असार । एमालेले राष्ट्रिय कार्यकर्ता भेलाबाट आएको सुझावमा गहन छलफल र अध्ययन शुरु गरेको छ ।
पार्टी मुख्यालय बल्खमा आज बसेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा समुहगत रुपमा प्रस्तुत भएका सुझावहरुका आधारमा पार्टीको आगामी रणनीति तयार गर्ने कार्ययोजना पेस भएको सचिव विष्णु पौडेलले जानकारी दिए ।
स्थायी समितीले प्रस्ताव गरेको कार्ययोजना माथी सदस्यहरुले बोल्नेक्रम शुरु भएको पौडेलले बताए । धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले बहुजातीय आधारमा पहिचान सहितको संघीयतामा जान पार्टीलाई पुनः सुझाव दिएका छन् ।
बैठक शुक्रबार पुनः बस्ने गरि स्थगित भएको छ । जनजाति नेताहरुले एकल जातीय पहिचान सहित संघीय राज्य बनाउन माग गरेपछि एमालेले सो विषयमा धारणा बनाउन दुई साता यता आन्तरिक छलफल गर्दै आएको छ ।

प्रतिक्रिया