मोडल बनाउने नाममा लुटको धन्दा

काठमाडौं, ८ असार । लेडिज मोडेलको आवस्यक्ता रहेको भन्दै राष्ट्रियस्तरको पत्रिकामा विज्ञापन छपाएर लुटपाट गर्ने एक युवाकलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ–२५ गते कलंकीस्थित लुम्बिनी गेष्टहाउसबाट चरौठ–८ सुर्खेत घर भएका २३ बर्षीय फुमबहादुर चन्दले ललितपुर ईमाडोल–८ बस्ने २२ बर्षीय पुजा केसीलाई मोडल बनाउने भन्दै लुटपाट गरेका हुन् । उनले गेष्टहाउसमा केसीलाई थुनेर चक्कु देखाई नगद, गरगहना र मोबाईल सेट लुटेको प्रहरीले जनाएको छ ।
चन्दलाई प्रहरीले मंगलबार बसपार्कबाट पक्राउ गरेको जनाएको छ ।
चितवन र पोखरामा लेडिज मोडल चाहिएको छ भन्दै गत जेठ–१२ गते एउटा प्रतिष्ठित राष्ट्रिय दैनिकमा सम्पर्क नम्वर ९८१८३५०६३३ दिएर बिज्ञापन छपाएका चन्दले केसीलाई लुटेका हुन् ।
‘चन्दले केही बेर केसीसँग इन्टरभ्यू लिएजस्तो गरी एक्कासी ढोका बन्द गरेर आफ्नो जुत्तामा रहेको चक्कु निकालेर लुटेका गरेका थिए,’ प्रहरीले भनेको छ, ‘चन्दले नगद २ हजार रुपियाँ, मोवाइल सेट १ थान, १ तोला सुनको सिक्री १ थान, सुनको रिङ आधा तोलाको १ जोर लिएर केसीलाई शौचालयमा बन्दक बनाई फरार भए ।’
‘पोखरा र चितवनको लागि लेडिज रिसेप्सन र क्यासियर लेडिज मोडेल चाहियो,’ राष्ट्रिय दैनिकको विज्ञापन उदृत गर्दै प्रहरीले भनेको छ, ‘पत्रिकाको बिज्ञापन हेरेर इन्टरभ्यू दिन आएकी केसीलाई डन हुँ भन्दै लुटिएको छ ।’
केसीको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्दलाई मंगलबार बसपार्कबाट पक्राउ गरेको थियो । चन्दलाई कानून बमोजिम आवश्यक कारबाही गरिने प्रहरी भनाई छ ।
लुटपाटका अनेकौ घटनाहरु सार्वजनिक भई रहेका समयमा लेडिज मोडल बनाउने भन्दै दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेर लुटिएको छ ।  तस्बिर गुगल

प्रतिक्रिया