दीपज्योति सम्मान केशरी र लोहनीलाई

काठमाडौं : यस वर्षको दीपज्योति सम्मान साहित्यकार गीताकेशरी र मणि लोहनीलाई प्रदान गरिने भएको छ । दीपज्योति सम्मान निर्णायक समितिको बुधबार बसेको बैठकले २०६९ को दीपज्योति सम्मान साहित्यकारद्वयलाई प्रदान गर्ने निर्णय गरेको हो ।
दीपज्योति सम्मान हरेक वर्ष दुई जना स्रष्टालाई प्रदान गरिन्छ । सम्मानको राशि १४ हजार रहेको छ । सम्मानका लागि छनोट भएकी साहित्यकार केशरीका आधा दर्जनभन्दा बढी उपन्यास प्रकाशित छन् भने कथा र कविताको क्षेत्रमा सक्रिय युवा साहित्यकार लोहनीको कविताका दुई र कथाका दुई कृति प्रकाशित छन् ।
यसअघि दीपज्योति सम्मानबाट साहित्यकार माया ठकुरी, मोदनाथ प्रश्रित, डा. गार्गी शर्मा, डा. सत्यराज थपलिया, नरेन्द्रराज प्रसाईं, इन्दिरा प्रसाईं, व्याकुल पाठकलगायत सम्मानित भइसकेका छन् । (सौस)

प्रतिक्रिया