४२ तालिबानीको मृत्यु

काबुल : अफगानिस्तानमा संयुक्त सेनाले गरेको पछिल्लो कारबाहीमा ४२ जनाभन्दा बढी तालिबानी चरमपन्थीको मृत्यु भएको छ । आक्रमणमा अन्य ३७ जना चरमपन्थी पक्राउ परेका छन् । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले नानर्गाहार, लाघमान, हेल्मान्ड, खोस्त र घान्जी प्रान्तमा गरेको कारबाहीमा ४२ जना सशस्त्र तालिबानीको मृत्यु भएको अफगान गृहमन्त्रालयको विज्ञप्तीमा जनाइएको छ ।
यस क्रममा चरमपन्थीका विभिन्न हातहतियार कब्जा गरिएको विज्ञप्तीमा उल्लेख छ । सुरक्षा बलतर्फ भने कुनै हताहती नभएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख ३० हजार सैनिकले तालिबानी लडाकुविरुद्ध विभिन्न स्थानामा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानविरुद्धको कारबाही तीव्र पारिएको छ । (सिन्ह्वा)

प्रतिक्रिया