ग्रिस र चेक क्वाटरफाइनलमा

वार्सा, ४ असार । उपाधिको दाबेदारझैं सुरुवात गरेको रुस १६ खेलपछिको पहिलो पराजयसँगै युरोकप २०१२ को पहिलो चरणबाट बाहिरिएको छ । रुसलाई १–० ले पराजित गरेको ग्रिस हेड टु हेडको आधारमा समान चार अंक भएको रुसलाई पछि पार्दैै समूहमा दोस्रो हुन सफल भएको हो । शनिबार भएको खेलमा पोल्यान्डलाई १–० ले पराजित गरेको चेक ६ अंकसहित समूहमा शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ३८ प्रतिशत मात्र बल पोसेसन रहेको ग्रिसका लागि पहिलो हाफको इन्जुरी समयमा जजियस कारागोनिसले विजयी गोल गरे । कारागोनिसले ग्रिसले युरो २००४ को उपाधि जित्दा टोलीका कप्तान थिए । चेक गणतन्त्रका लागि ७२औं मिनेटमा पिटर जिरेकले गोल गरे । चेक गणतन्त्रके पनि बल पोसेसन ५८ प्रतिशत रहेको थियो । क्वार्टरफाइनलमा चेकले समूहबी दोस्रो हुने तथा ग्रिसले समूह एमा पहिलो हुने टोलीसँग खेल्नेछ ।
ग्रिसका लागि विजयी गोल गरेका ३५ वर्षीय कारागनिसले दुई पहेलो कार्डका कारण क्वार्टरफाइनल गुमाउनेछन् । ‘हामी उत्कृष्ट अवस्थामा नरहे पनि ग्रिस छाड्ने समयमा केही नयाँ उपहार लिएर फर्कने प्रतिबद्धता व्यक्त गरेका थियौं,’ कारागोनिसले भने । ग्रिसका प्रशिक्षक फर्नान्डो सान्टासले पोर्चुगलको गौरवशाली इतिहासले यो सम्भव भएको बताए । ‘हाम्रो सफलता इतिहाससँग जोडिएको छ, मानव सभ्यता र प्रजातान्त्रिक अभ्यासको संस्कृतिका बारे ग्रिस सबैको आदर्श देश हो,’ सान्टोसले भने । चेकका प्रशिक्षक पिटर बिलेकले पहिलो खेलमा ४–१ ले पराजित हुनाका बाबजुद हरेस नखाएका कारण लगातार दुई खेलमा जित हात पारको बताए ।
ग्रिससँगको खेलमा रुसले पहिलो हाफमा नै थुप्रै मौका गुमाएको थियो । यसरी धेरै मौका गुमाउने प्रतियोगिताका सुरुका दुई खेलमा तीन गोल गरेका एलान जागयेभसहित रहेका छन् । यसैगरी, अलेक्जेन्डर खर्कायेभले पनि केही राम्रो मौका गुमाए । आन्द्रेइ आर्सिभनीले फेरि एकपटक मैदानमा प्रभाव जमाए पनि उनको प्रयासले मात्र रुसको उद्धार गर्न सकेन । ग्रिसले भने कमजोर मार्किङको फाइदा उठाउँदै गोल गरेको थियो । त्यसो त दुर्भाग्यशाली ठहरिएको रुस पेनाल्टी अवसरबाट पनि चुकेको थियो । सर्जियो इग्नासेभिचलाई कारागोनिसले लडाएपछि रुसले पेनाल्टी पाएन ।
घाइते कप्तान टोमास रोसस्कीको अनुपस्थितिमा चेक टोलीलाई केही धक्का लागेको छ । ‘हाम्रो टोलीले सकेसम्म राम्रो खेलेको हो तर पनि केही लागेन,’ पोल्यान्डका प्रशिक्षक फ्रान्सिस्ज स्मुडाले भने । पोल्यान्डका कप्तान ज्योकोब ब्लाजस्कोवीले पहिलो चरणबाट बाहिरिए पनि यो अनभुव नै महत्त्वपूर्ण भएको बताए । खेलमा पोल्यान्डले केही राम्रा अवसर गुमाएको थियो । सबैभन्दा राम्रो अवसर गुमाउने रोबर्ट लेवान्डोस्की रहे । क्वार्टरफाइनल प्रवेशका लागि गोल गर्न अनिवार्य रहेको बुझ्दै चेक दोस्रो हाफमा आक्रमक बनेको थियो । चेकलाई जित दिलाउने क्रममा आलोचनाको सिकार भइरहेका मिलान बारोसले पोल्यान्डसँगको खेलमा प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गरे ।े स्विडेनलाई ३–२ ले पराजित गरेको छ  । २–१ ले पछि परेको इंग्लायन्डलाई जित दिलाउने क्रममा थियो वाल्कटको लो क्रसलाई उपयोग गर्दै ७८औं मिनेटमा वेलब्याकले निर्णायक गोल गरे । जितपछि इंग्ल्यान्डले क्वार्टरफाइनलमा प्रवेश गर्न अन्तिम खेलमा युक्रेनसँग बराबरी मात्र गरे पनि पर्याप्त हुनेछ ।
अर्को खेलमा प्रभावकारी प्रदर्शन गरेको फ्रान्सले युक्रेनलाई २–० ले पराजित गर्‍यो । २००६ को विश्वकप फाइनलपछि फ्रान्सले ठूला प्रतियोगितामा हात पारेको यो नै ठूलो जित हो ।  पराजयपछि युक्रेन तीन अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ । चार अंक भएको फ्रान्स शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा  छ । दुई खेलमा कुनै अंक नजोडेको स्विडेन प्रतियोगिातबाट बाहिरिएको छ । जितपछि फ्रान्सले प्रशिक्षक लरें ब्लाँको नेतृत्वमा अपराजित यात्रा २३ खेलसम्म लम्ब्याएको छ ।
रे हड्सनको इंग्ल्यान्डलाई जिताउने क्रममा तीन युवा खेलाडीले सानदार प्रदर्शन गरे । २३ वर्षीय एन्डी क्यारोलले पहिलो हाफमा इंग्ल्यान्डका लागि गोल गरे । दोस्रो हाफमा इंग्ल्यान्ड २–१ ले पछि परेको अवस्थामा वैकल्पिक खेलाडी २३ वर्षीय थियो वाल्कटले गोल गरे । २१ वर्षीय म्यानचेस्टर युनाइटेडका फरवार्ड वेलब्याकले विजयी गोल गरे ।
२३औं मिनेटमा अग्रता लिएको इंग्ल्यान्डका ग्लेन जोन्सनले ४९औं मिनेटमा आत्मघाती गोल गरे । ५९औं मिनेटमा उल्फ मेलबर्गले स्विडेनलाई अग्रता दिलाए । जेम्स मिलनरलाई प्रतिस्थापन गरेका वाल्कटले ६४औं मिनेटमा इंग्ल्यान्डका लागि बराबरी गोल गरे । प्रशिक्षक हड्सन आफ्ना खेलाडीको प्रशंसा गर्न चुकेनन् । ‘सेट पिसमा उत्कृष्ट रहेको स्विडेनसँग कम ब्याक गर्नु चानचुने कुरा होइन,’ हड्सनले भने ।
स्विडेनका प्रशिक्षक एरिक हमारा आफ्ना खेलाडीले उत्कृष्ट खेल खेले पनि प्रतियोगिताबाट बाहिरिएकोमा दु:ख व्यक्त गरे  । इंग्ल्यान्डको कुनै पनि प्रतियोगितामा स्विडेनमाथिको यो पहिलो जित हो । खेलमा कप्तान स्टिफन जेरार्डले आफू किन उत्कृष्ट मिडफिल्डर भएको भन्ने पुष्टि गर्न बाँकी राखेनन् । इंग्ल्यान्डलाई अग्रता दिलाउने क्रममा जेरार्डले गरेको ‘पिन प्वाइन्ट डायगनल क्रस’मा क्यारोलले हेड गरेका थिए । क्यारोलको हेड रोक्न स्विडेनका गोलरक्षक एरिक्सनले कुनै मौका नै पाएनन् ।
इब्राहिमोभिकले प्रहार गरेको फ्रिकिकमा मेलबर्गले हेड गरेपछि त्यसलाई रोक्ने प्रयासमा जोन्सनले आत्मघाती गोल गरेका हुन् । सेबास्टिन लार्सनको घुमाउरो फ्रिकिकमा मेलबर्गले ५९औं मिनेटमा गोल गरे । अनावश्यक फल प्रहार गर्दै स्विडेनलाई दोस्रो गोलको अवसर दिएका मिलनरलाई प्रतिस्थापन गरेपछि इंग्ल्यान्ड खेलमा फर्केको थियो ।
फ्रान्सका लागि जेरेमी मनेज र योहान काबावाले गोल गरे । फ्रान्सेली प्रशिक्षक लरें ब्लाँले मेनेजको खुलेर प्रशंसा गरे । युक्रेनका प्रशिक्षक ओलेग बुलेकिनले आफ्नो टोलीले दोस्रो हाफमा एकदम कमजोर प्रदर्शन गरेको बताए । खेलको अन्त्यमा त हाम्रा खेलाडी एकदमै कमजोर देखिए,’ बुलेकिनले भने । समूहका अन्तिम खेलमा फ्रान्सले स्विडेनसँग र इंग्ल्यान्डले युक्रेनसँग खेल्नेछ । वर्षाका कारण चार मिनेटपछि ५७ मिनेट स्थगित भएको खेलमा करिम बेन्जिमाले दुवै गोल गरे ।

प्रतिक्रिया