‘होमवर्क’ ल्याउँदै विनोद

काठमाडौं : ०६३ सालमा पहिलो एल्बम डाउनलोडका साथमा सांगीतिक बजारमा छिरेका गायक विनोद ढकाललाई सो एल्बमले गायकको भिडमा पृथक् परिचय दिलायो । हो हौ तिमी मेरी हौ बोलको म्युजिक भिडियोले निकै प्राथमिकता पायो । स्कुले जीवनदेखिकै संगीतमोहले गर्दा यो क्षेत्रमा होमिएको बताउने यी गायकले उकालीमा पनि हजुर मोटर जाँदो रै’छ, नेटवर्क बिजी छजस्ता दर्जनौँ गीतमा र्‍यापसमेत गरेका छन् ।
विभिन्न महोत्सव तथा स्टेज कार्यक्रममा गीतमा र्‍याप गरेर सहभागिता जनाउँदै आएका उनी पपगायनतर्फ पनि मोडिएका छन् । फुर्सदको समयमा विभिन्न वाद्यवादनसँग रमाउन चाहने ढकाल अब लामो समयको अन्तरालपछि दोस्रो एल्बम होमवर्क  लिएर बजारमा झुल्कने तयारी गरिरहेका रहेछन् । आफ्नै शब्द तथा संगीतमा तयार गरेको एल्बममा रक, पप र ब्लुज शैलीका ६ गीत समावेश गरिएको उनले सुनाए । भने, ‘एउटा गीतको म्युजिक भिडियो पनि तयार भइसक्यो ।’ (सौस)

प्रतिक्रिया