१८ बर्ष पछि मैनाली काठमाडौं आए

काठमाडौं, २ असार । जापानीकी यौनकर्मी एक युवतीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा विगत १५ वर्षदेखि जापानकै जेलमा बन्दी जीवन बताइहरेका गोविन्दप्रसाद मैनाली शनिबार स्वदेश फर्किएका छन् ।
हत्यको अभियोगमा मैनालीलाई सन् १९९७ मा जापान प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, हत्या गरिएकी महिलाको शरीरबाट संकलन गरिएका ४२ वटा नमूनाको डीएनए परिक्षण गर्दा कुनै पनि मैनालीसँग नमिलेपछि उनलाई गत २५ जेठमा टोक्यो उच्च न्यायलयतले निर्दोष सावित गर्दै रिहा र मुद्धाको पुनरावलोकन गर्न आदेश दिएको थियो ।
अदालतको आदेशसँगै उनलाई जेलबाहिरै रहेर मुद्धा लड्ने अधिकार मिलेको हो ।
पत्नी, दुई छोरी र आफूलाई जेलमुक्त गराउन लागी परेका केही सहयोग समितिका पदाधिकारी सहित मैनाली १८ वर्षपछि स्वदेश फर्किएका हुन् । यसअघि राधा पति गोविन्दको अदालती सुनुवाई सुन्न जापान पुगेकी थिईन ।
विमान स्थालमा छोरा मैनालीको स्वागतका लागि ७९ वर्षीया आमा चन्द्रकला, दाजु इन्द्र मैनाली लगायतका मैनाली परिवारका अन्य सदस्यहरु पुगेका थिए । छोरालाई स्वागत गर्न हातमा फूल माला र अविर लिएर बसेको आमा चन्द्रकला छोरालाई देख्ने वितिकै उनी भावविह्वल भएकी थिईन ।
हातमा रहेको फूलमाला लगाउ‘दै उनी केहीबेर छोरोको अंगालोमा बाधिएकी थिइन ।
विमानस्थलबाट बाहिरिनेक्रममा गोविन्दले क्यामेरा तीर हेर्दै माटो छोएका मैनालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त जानकारी गराउदै ढिलै भए पनि आफूले न्याय पाएकोमा खुशी लागेको बताए । ‘यो खुशीको कुरा म शब्दमा ब्यक्त गर्न सक्दि’, उनको भनाई थियो, ‘सबैको सहयोगमा मैले न्याया पाएको छु ।’
‘मैले वृद्ध आमासंग भेट गर्न पाए, आफ्नो देशमा टेक्न पाए म असाध्यै खुसी छु,’ उनले भने, ‘मलाई झुठो अभियोगमा जेल चलान गरिएको १५ वर्ष भए पनि न्याय पाएको छु ।’
विमान स्थामा स्वदेश र विदेशका गरी सयभन्दा बढी पत्रकार उपस्थित रहेको थियो । स्वदेशी र विदेशी सञ्चारकर्मीहरुको भिड अनियन्त्रित हुँदा प्रहरी र केही सञ्चारकर्मीबीच भनाभन समेत भएको थियो ।

प्रतिक्रिया