दुई दिने भ्रमणका लागि धोनी काठमाडौंमा

काठमाडौं, २ असार । भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी दुई दिने भ्रमणका लागि आज विहान काठमाडौं आएका छन् ।
पत्नीका साथ काठमाडौं आएका धोनीले नेपालको क्रिकेटको विकासका लागि हौसला बढाउनुका साथै आफ्नो सहयोग दिने छन् । उनले आफ्नो दुई दिने काठमाडौं बसाई फलदायी हुने उल्लेख गरेका छन् ।
नेपाललमा पनि क्रिकेटले गती लिएको हेर्न चाहेको बताएका धोनीले नेपाली क्रिकेटका बारेमा उल्लेख्य सुनेको बताए ।
भ्रमणका क्रममा विभिन्न पक्षसँग अन्तरक्रिया गर्नुका साथै भेटघाट गर्ने धोनीले पशुपति नाथको पनि दर्शन गर्ने छन् ।

प्रतिक्रिया