स्पेनद्वारा गोलको वर्षा


वार्सा, २  असार । वास्तविक लयमा फर्केको स्पेनले गोलको एकोहोरो वर्षा गर्दै युरोकपमा पहिलो जित हात पारेको छ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन तथा विश्वविजेता स्पेनले बिहीबार राति भएको खेलमा आयरल्यान्डलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो । बिहीबारै भएको अर्को खेलमा क्रोएसिया र इटालीबीच १–१ गोलको बराबरी भयो । समूहमा स्पेन र क्रोएसियाको समान चार अंक छ भने इटालीको दुई अंक छ । दुवै खेलमा हार बेहोरेको आयरल्यान्ड प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
स्पेनलाई जित दिलाउने क्रममा फर्नान्डो टोरेसले दुवै गोल गरे भने डेबिड सिल्भा र वैकल्पिक खेलाडी सेस फाब्रिगासले थप गोल गरे । आकर्षक प्रदर्शन गरेको स्पेनले खेल अवधिभर २३ पटक पोस्ट आक्रमण गरेको थियो । इटालीसँगको खेलमा ६ मिडफिल्डर उतार्दै आक्रमण गरेको स्पेनले आयरल्यान्डसँगको खेलमा टोरेसलाई सुरुवातदेखि नै मैदानमा उतारेको थियो । चौथो मिनेटमा टोरेसले डि–बक्सभित्र चलाखीपूर्ण ढंगले आइरिस रक्षकलाई जिल्ल्याउँदै गोल गरे । उत्कृष्ट फर्ममा रहेका म्यानचेस्टर सिटीका विंगर सिल्भाले दोस्रो हाफमा उत्कृष्ट फिनिसिङको नमुना देखाउँदै गोल गरे । तेस्रो गोल टोरेसले अफसाइड ट्रयाप बिट गर्दै मैदानको मध्यभागबाट लगेर गरेका थिए । विपक्षी गोलरक्षक से गिभनले राम्रो जज गर्दै उनलाई फराकिलो कोण नदिए पनि टोरेसले साँधुरो कोणबाटै बललाई गोलपोस्टको दिसा दिएका थिए । वैकल्पिक खेलाडी फाब्रिगासले त्यत्तिकै उत्कृष्ट ढंगले गोल गरे । स्पेनले समूहको अन्तिम खेल क्रोएसियासँग खेल्नेछ ।
भेट्रान मिडफिल्डर आन्द्रेइ पिर्लोले २४औँ मिनेटमा फ्रि–किकमार्फत सानदार गोल गरे पनि इटालीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । ७२औँ मिनेटमा मारियो मानडुजकिकले डि–बक्समा पाएको बललाई गोल गर्दै इटालीलाई अंक बाड्न बाध्य पारे ।

प्रतिक्रिया