एक वर्षमा दर्जन बन्यजन्तुको उद्धार

वुटवल, १ असार । जिल्ला बन कार्यालय नवलपरासीले एक बर्षको अवधीमा १२ वटा बन्यजन्तुको उद्धार गरेको जनाएकोछ ।
कार्यालयको तराई भु–परिधी कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न स्थानमा फेला परेका १ मृग,३ बाघ,३ चितुवा,४ अजिगंर र १ बादरको उद्धार गरिएको सहायक बन अधिकृत सुरेश गुप्ताले बताए ।
उद्धार गरिएका वन्यजन्तुहरुलाई राष्ट्रिय निकुन्ज चितवनमा बुझाईएको उनले जानकारी दिए । कार्यक्रम अन्र्तगत एक लाख ७६ हजार रकम खर्च भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया