अध्यादेश स्वीकृत नगर्न आग्रह

काठमाडौं, ३२ जेठ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति डा.रामवरण यादवसँग भेटबार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा नेता नेपालले कामचलाउ सरकारले राष्ट्रिय सहमति विपरित गर्ने महत्वपूर्ण कार्यलाई स्वीकृति प्रदान नगर्न सुझाव दिएका हुन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै नेपालले राजनीतिक सहमतिबिना अध्यादेशलाई स्वीकृति दिननहुने सुझाव दिएको बताए ।
‘सरकारले अध्यादेश ल्याउन सक्छ,’ उनले भने, ‘त्यसलाई कदापी स्वीकृत गर्न नहुने सुझाव दिएको छु ।’
सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका समयमा एमाले नेता नेपालले राष्ट्रपति डा.यादवलाई भेटगरेर राजनीतिक सहमतिमा सरकारलाई दबाव दिन सुझाव दिएका हुन् ।

प्रतिक्रिया