नक्कली मेजर समातिए


काठमाडौं : प्रधानसेनापति छत्रमानसिंह गुरुङको भतिजा भन्दै ठगी गर्ने नक्कली मेजरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा रामेछाप–६ का ३२ वर्षीय प्रमोद गुरुङ भनिने भरतसिंह लामा छन् । प्रहरीले उनलाई मेजरको बर्दी लगाएको अवस्थामा दरबारमार्गबाट मंगलबार २ बजे पक्राउ गरेको हो । उनले सहायक सेनानी पदमा जागिर लगाइदिन्छु भन्दै तीनजनासँग १४ लाख रुपियाँ लिएको प्रहरीले जनाएको छ ।
उनीबाट ठगिनेमा सल्यानको कजेरी–६का २१ वर्षीय वीरेन्द्र भण्डारी, २० वर्षीय सञ्जयकुमार तिरुवा र २२ वर्षीय जीवन अधिकारी छन् । प्रहरीका अनुुसार उनले भण्डारीसँग आठ लाख, तिरुवासँग तीन लाख र अधिकारीसँग तीन लाख रुपियाँ लिएका थिए । ‘सेनापतिलाई घुस दिनुपर्छ’ भन्दै उनले तीनैजनासँग नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रलगायत कागजातसमेत लिएका थिए । (सौस)

प्रतिक्रिया