‘सैनिक हस्तक्षेप समाधान होइन’

सिड्नी : नेटोका प्रमुख एन्डर्स फोग रासमुसेनले सैनिक हस्तक्षेप वा विदेशी सैन्य कारबाहीबाट सिरियाली संकट समाधान नहुने बताएका छन् । सिरियाको अवस्था अत्यन्तै नाजुक भएको र नागरिक हताहतीको अवस्था बढ्दै गए पनि सैनिक हस्तक्षेपबाट समस्या समाधान नहुने धारणा उनले राखेका छन् ।
‘सिरियामा सैनिक हस्तक्षेपको कुनै योजना छैन र सैन्य कारबाहीबाट समाधान हुन्छ जस्तो पनि मलाई लाग्दैन,’ उनले भने । सिरियामा नेटो सैनिकले हस्तक्षेप गर्ने आशंका व्याप्त रहेकै बेला रासमुसेनले यस्तो बताएका हुन् ।  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा शान्ति स्थापना गर्न अघि सारेको कार्यक्रम सफल नभएको भन्दै उनले निन्दा गरे । अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।(एएफपी)

प्रतिक्रिया