नासा र गोल्डेनगेट क्वार्टरफाइनलमा

काठमाडौं : नासा र गोल्डेनगेट ‘बी’ दोस्रो प्रिमियरकप थ्री बाइ थ्री राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको खेलमा नासाले झापालाई २१–१० तथा गोल्डेनगेट ‘बी’ ले साउथ साइडर्स ‘बी’ लाई १७–१३ ले पराजित गरे । पुरुषको अन्य खेलमा प्रिमियर ‘बी’ ले नवोदित ‘ए’ लाई १५–१२, कास्कीले
नखिपोटलाई १८–१२, गोल्डेनगेट ‘ए’ ले प्रिमियर ‘सी’ लाई २१–१९, साउथ साइडर्स ‘ए’ ले गोल्डेनगेट ‘सी’ लाई २१–१८ तथा प्रिमियर ‘ए’ ले नवोदित ‘बी’ लाई २१–१४ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् । मोर्गन पनि
आफ्नो प्रतिद्वन्द्वीबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा पुग्यो ।
महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । प्राइम ‘ए’ ले प्रिमियर ‘ए’ सँग खेल्नेछ भने प्राइम ‘बी’ ले प्रिमियर ‘बी’ को सामना गर्नेछ । (सौस)

प्रतिक्रिया