‘आक्रमणमा ओबामाको स्वार्थ’

इस्लामावाद, ३० जेठ । पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले पाकिस्तानी भूमिमा हुने अमेरिकी ड्रोन आक्रमणमा राजनीतिक अभिप्राय लुकेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राजनीतिक अभिप्राय राखेर पाकिस्तानको आदिवासीबहुल क्षेत्रमा ड्रोन आक्रमण गराएको आरोप उनले लगाएका छन् ।
राष्ट्रपति ओबामाले ‘पाकिस्तानमा ड्रोन आक्रमणको शृंखला व्यापक बनाउन’ आदेश दिएको भोलिपल्ट पाकिस्तानी प्रधानमन्त्री गिलानीले यस्तो बताएका हुन् । ‘अमेरिकामा निर्वाचन आइरहेको छ । ड्रोन आक्रमण बढाउन ओबामाले दिएको निर्देशन राजनीतिक लाभ हासिल गर्ने ध्येयतर्फ लक्षित छ,’ लाहोरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
भेट गर्न अस्वीकार
यसैबीच पाकिस्तानी सेनाप्रमुख अस्फक पर्वेज कायानीले अमेरिकी अधिकारीसँग भेट गर्न अस्वीकार गरेका छन् । पाकिस्तान भ्रमणमा रहेका अमेरिकी उपसहायक प्रतिरक्षामन्त्री पिटर लेभोयले भेटका निम्ति अनुमति माग्दा कायनीले उनीसँग भेट गर्न अस्वीकार गरेका हुन् । (एजेन्सी)

प्रतिक्रिया