२०४७ सालको संविधान व्युताउन माग

काठमाडौं, २७ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०४७ सालको संविधान ब्युँताउन माग गरेका छन् । उनले जनताको अनुमतिविना हिन्दू राष्ट्रको पहिचान र राजसंस्था हटाएको आरोप लगाए ।
खुल्ला मञ्चमा आज आयोजित सभामा अध्यक्ष थापाले संविधानसभा विघटनसँगै राजनीतिक दलहरुको हैसियत बराबरी भएको बताए । चार वर्षअघि पाएको मतका आधारमा आफूलाई सशक्त ठान्ने दलहरु नयाँ शक्ति राप्रपा नेपालको उदयले पाठ सिकनु पर्ने उनको भनाई छ ।
‘अब चार दलको सिन्डिकेट मुलुकमा चल्ने छैन,’ उनले भने, ‘उदाउँदो शक्ति राप्रपा नेपालको सहभागिताविना मुलुकमा केही पनि लागू हुन सक्दैन ।’
मृत्युवरण भइसकेको संविधानसभा व्युतन नसक्ने थापाले बताए । उनले भने, ‘संविधानसभा विघटनको कारकतत्व मधेसवादी र प्रमुख तीन दल हुन् ।
उनले बर्तमान सरकारबाट निष्पक्ष चुनाव हुन नसक्ने बताए । निर्वाचनको विकल्प नरहेको उल्लेख गरेका उनले भने, ‘यो सरकारबाट निश्पक्ष चुनाव हुन नसक्ने भएकाले बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्छ ।’
मुलुकमा व्यप्त भ्रष्टाचार र असुरक्षा लगायतका कार्य भएको भन्दै थापाले एमाओवादीले लडाकुको नाममा आएको १ सय ५० करोड रुपियाँ भ्रष्टाचार गरेको बताए ।

प्रतिक्रिया