चिनियां प्रहरीले मजदुर कुटेपछि तातोपानी नाका बन्द

सिन्धुपाल्चोक, २५ जेठ । मजदुरमाथि कुटपिट गरेको विरोधमा अखिल नेपाल स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाइ समितिले तातोपानी नाका बन्द गरेको छ ।
ट्रक ईकाइ समितिका सदस्य साङ्बु लामालाई चिनियाा सुरक्षाकर्मीले कुटपिट गरेको विरोधमा मजदुरहरुले तातोपानी नाका हडताल गरेका हुन् । उनीहरुले नेपाल चीनबीचको सीमा क्षेत्र तातोपानी नाकामा कन्टेनर तेस्र्याएर कारोबार ठप्प पारेका छन् ।
नेपाली व्यापारीहरुबिच खासा बिबाद भईरहेका बेला चिनियाा सुरक्षाकर्मीले लामालाई नियन्त्रणमा लिई कुटपिट गरेपछि मजदुरहरु नाका बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले चिनियाा पक्षाको ज्यादति रोक्न पर्ने र सहकर्मी कुटपिटमा संलग्नलाई कारबाही गरिनु पर्ने माग राखेका छन् । नाका बन्द भएपछि आयात निर्यात ठप्प भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । दैनिक एक करोड हाराहारीमा राजश्व संकलन गर्दै आएको तातोपानी नाका बन्द हुादा नेपाल भित्राउन लागिएका समानसहित दर्जनौ कन्टेनर चीन तर्फ नै अलपत्र परेका छन् ।
नेपालबाट खासा ढुवानी हुने लसुन, प्याज लगायत समान बाकेका गाडीहरु पनि नाकामै राकिएका छन् । मजदुरसाग बार्ता गरी नाका खुलाउने पहल भईरहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया