निर्वाचनको विकल्प नभएको दावी


काठमाडौ, २५ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो अवस्था राजसंस्था फर्काउने उपयूक्त अवसर भएको बताएका छन् ।
काठमाडौमा आयोजित एक कार्यक्रममा थापाले संविधानसभाको विघटनपछि संविधानसभाको पहिलो बैठक देखि जेठ १४ गतेसम्मका सबै निर्णय  सुन्य भईसकेकोले बैद्यानिक रुपमा मुलुकमा राजसंस्था फर्किसकेको दावी गरे । उनले भने–संविधानसभा नै बिघटन भईसकेपछि त्यसको पहिलो बैठक देखि अहिलेसम्म भएका सबै निर्णय सुन्य भईसके । संविधानसभाको पहिलो बैठकले राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनाको निर्णय गरेकोले त्यो निर्णय पनि संविधानसभाको अवसान सागै समाप्त भयो ।
पूर्व राजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो अवस्थाको गंभिरता पूर्वक अध्ययन गरिरहेको भन्दै उनले राजा जनताको भावनाको पर्खाईमा रहेको  बताए । उनले मुलुक अहिले संविधानसभाको निर्वाचन अघिको अवस्थामा पुगेको भन्दै नेपालले गणतन्त्र धान्न सक्दैन भन्ने प्रमाणित भएको ठोकुवा समेत गरे । संबैधानिक र राजनैतिक कुनै पनि आधारमा संविधानसभा अब पुर्नस्थापना हुन नसक्ने ठोकुवा गर्दै थापाले  संविधानसभाको पुर्नस्थापना जस्तो गैर जिम्मेवारी, अप्रजातान्त्रिक र जनविरोधी काम अरु केही नहुने दावी गरे ।
काग्रेस र एमालेले मुलुकमा सर्वसत्ताबादको डर देखाएर प्रजातन्त्रको खोलमा फेरि अर्को अधिनायकबाद लाद्न गुटबन्दी गरेको दावी गर्दै उनले  राजासहितको प्रजातन्त्र र हिन्दुत्वको जगमा मात्रै सर्वसत्ताबादलाई पराजित गर्न सकिने उनको विश्वास  थियो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा  निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतका बहालबाला वा पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा नागरिक समाजको सहभागितामा सर्वपक्षीय चुनावी सरकार गठन गर्न माग गरे ।
मुलुकमा निर्वाचनको विकल्प विकल्प नभएको दावी गर्दै चुनावको बातावरण निर्माणकोलागी सर्वपक्षीय सरकार बनाउनु पर्छ । आयोगबाट संविधान निर्माण र संविधानसभा पुर्नस्थापनाको कुरा गैरसबैधानिक, गैरजिम्मेवार र प्रजातन्त्र विरोधी काम हो । यो प्रजातन्त्रलाई असफल बनाउने षडयन्त्र हो ।

प्रतिक्रिया