विरोध सभामा सहभागि हुन आब्हान

 

काठमाडौ, २२ जेठ । कांग्रेस लगायतका २२ दलले यहि जेठ २६ गते संयुक्त रुपमा आयोजना गर्न लागेको वृहत संयक्त विरोध सभामा सहभागि हुन आब्हान गरेका छन् ।
कांग्रेस सभापतिको अध्यक्षतामा कांग्रेस मुख्यालय ललितपुरमा भएको बैठक पछि यस्तो आब्हान गरेका हुन । बैठक पछि जारी संयुक्त बत्तब्यमा निर्वाचनको आवरणमा माओवादी नेतृत्वको सरकार सत्ता कब्जा गर्दै मुलुकमा सर्वसत्तावाद लादेन उद्यत भएको उल्लेख गरिएको छ ।
बक्तब्यमा संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक सद्भाव  , अग्रगमन र शान्तिका पक्षमा आयोजना गरिएको सभामा सहभागि हुन   पेशाकर्मी, वुद्धिजीवि, किसान, मजदुर, महिला, आदिवासी जनजाति, मधेशी, दलित, युवा, विद्यार्थी, उद्योगी, व्यापारी लगायत नेपाली समाजका सवै वर्ग, तह, तप्का र समुदायलाई हामी हार्दिक अपिल गर्दछौं भनिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्णविरण

जेठ २२, २०६९

संयुक्त प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय वी.पी.नगर, ललितपुरमा वसेको २२ राजनीतिक दलहरुले गरेको निर्णय निम्नानुसार रहेको छ ।
१.    षडयन्त्रपूर्वक संविधान सभाको विघटन गरी कथित निर्वाचनको नाटकको आवरणमा माओवादी नेतृत्वको सरकार सत्ता कव्जा गर्दै मुलुकमा सर्वसत्तावाद लाद्न उद्यत छ । यसको विरोधमा र शान्ति, लोकतन्त्र अग्रगमनको पक्षमा दृढतापूर्वक उभिनु आजको मुल राष्ट्रिय कार्यभार हो । तसर्थ, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक सद्भाव, अग्रगमन र शान्तिका पक्षमा आयोजना गरिएको २०६९ जेठ २६ गतेको वृहत् संयुक्त विरोध सभामा सहभागि भई ऐक्यवद्धता प्रकट गर्न सवै पेशाकर्मी, वुद्धिजीवि, किसान, मजदुर, महिला, आदिवासी जनजाति, मधेशी, दलित, युवा, विद्यार्थी, उद्योगी, व्यापारी लगायत नेपाली समाजका सवै वर्ग, तह, तप्का र समुदायलाई हामी हार्दिक अपिल गर्दछौं ।
२.    २०६९ जेठ २६ गतेको विरोध सभालाई सशक्त एवं व्यवस्थित रुपमा आयोजना गर्न राष्ट्रिय लोकतान्त्रिक  अभियानमा संलग्न सवै राजनीतिक दलहरुले आ–अफ्ना संपूर्ण संगठनलाई सशक्त रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया