मिस लिटिल बन्ने होड


दाङ,२२ जेठ । कहिले अनुहार सुन्दर बनाउनतिर लाग्छन् त कहिले आपसमा विविध तौरतरिकाले परिचय दिने प्रयास गर्छन् । परिचयका फरकफरक शैली अपनाउँछन् उनीहरू, सिकाइएका कुरा बिर्सिएला कि जसरी । पहिलोपटक हुन लागेको मिस लिटिल दाङको तयारीमा जुटेका छन् स्थानीय बालिका । गाउने र नाच्ने कला पनि सिकाइँदै छ, उनीहरू निकै आकर्षित छन् ।
विभिन्न विद्यालयमा पहिलो र दोस्रो चरणको अडिसनबाट छानिएका ५० बालिका अहिले इफोर इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामार्फत मिस लिटिल बन्ने तयारीमा छन् । उनीहरूले दिउँसो विद्यालयलाई समय छुट्टयाएका छन् भने बिहान र बेलुका तालिम सेन्टरमै झुम्मिएका हुन्छन् ।
मिस लिटिल वल्र्ड नेपाल २०१२ का लागि नेपालका तर्फबाट नेतृत्व छनोटअन्र्तगत मिस लिटिल दाङ प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ । अहिले छनोट बालिकालाई ट्ेरनिङ दिइरहेको आयोजकका अध्यक्ष दीपक घिमिरेले बताए । ‘उनीहरूलाई सवालजवाफ, क्याटवाक, परिचय, पहिरन, नृत्य, गायनजस्ता कला सिकाइरहेका छौँ,’ भने, ‘सौन्दर्य प्रतियोगितामार्फत बालप्रतिभालाई बाहिर उजागर गर्ने हाम्रो उद्देश्य हो ।’

प्रतिक्रिया