संविधानसभा पुनःस्थापना गर्न माग

काठमाडौं, २१ जेठ । कांग्रेसका ५२ निर्वतमान सभासदहरुले संविधानसभाको पुनःस्थापना गर्न माग गरेका छन् ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर निश्चित समायका लागि भएपनि संविधानसभा पुनःस्थापना गर्नु पर्ने धारणा अघि सारेका हुन् । पुनःस्थापित संविधानसभाले नयाँ संविधान जारी गरेर अन्त्य गर्नुपर्ने कांग्रेसका निवर्तमान सभासदहरुको धारणा छ ।
सहमतिका आधारमा वा राष्ट्रपतिले बाधा अड्काउ फुकाउ अन्तर्गत संविधानसभा पुनःस्थापना गर्नु पर्ने उनीको भनाई छ ।

संविधानसभाको नयाँ निर्वाचनको घोषणा भईसकेको अवस्थामा कांग्रेसका पूर्व सभासदहरुले पुनःस्थापनाको माग जोडदार रुपमा अघि बढाउने निष्कर्ष निकालेका हुन् ।

संविधानसभा पुनःस्थापनाको माग गर्नेमा केन्द्रीय सदस्य एवं निवर्तमान सचेतक कमला पन्तका साथै इश्वरी न्यौपाने, धनराज गुरुङ, सीता गुरुङ, अजयकुमार चौरसीया, कविता सरदार बाँतर, शोभाकर पराजुली, जीवनप्रेम श्रेष्ठ उषा गुरुङ, मोहन पाण्डे, देवराज जोशी कृष्णा ठाकुर रहेको छन् ।
त्यसै गरी, जिपछिरीङ लामा, शिवचन्द्र मिश्र, रामसरोज यादव, कल्याणी रिजाल, शम्भुहजारा दुसाद, महेन्द्रध्वज जिसी, कल्पना सोप, कृष्णकुमारी परियार, हर्षजीत लामा, विमला नेपाली, मोहमदी सिद्धिकी, लिला सुब्बा, रामवती चौधरी, भोटनीदेवी खवास, माहा नेपाली, बीरेन्द्र माझी, किरण यादव, ललिता किङ्रिङ मगरले पनि संविधानसभा पुनःस्थापनाको माग गरेका छन् ।

ध्यान गोविन्द रञ्जीत, मानबहादुर महतो, मुन्नीकुमार गुप्ता, चन्द्रीराम टमाटा, सरस्वती चौधरी, सावित्री सिंह, रामकृष्ण चित्रकार, उर्मिला थापा, रमा गुरागाइ, निर्माला प्रसाइ, खड्ग बहादुर बस्याल, मिनाछि झा, विना पौडेल, तिर्थराम डङगोल, पासाङ शेर्पा, प्रमिला राई, दुधकुमारी हमाल, उमा रेग्मी, चक्र बहादुर ठकुरी, लक्ष्मी परियाल, कमला थापा, हीरा गुरुङ जगदीशनरसिंह केसी, चुनदेवी जोसी, सुप्रभा घिमिरे, रामेश्वर रौनियार, अजयकुमार दुवेदी, आमप्रकाश शर्मा रहेका छन् ।

प्रतिक्रिया