दस लाख भारतीय रुपियाँ बरामद

कैलाली, २१ जेठ । कैलालीमा आज प्रहरीले भारतीय दस लाख रुपियाँ बरामद गरेको छ ।
युके ०६५–६७१ नम्वरको भारतीय कारबाट सो रकम फेला परेको प्रहरीले जनाएको छ ।
नेपालबाट भारततर्फ जाने क्रममा दिउसो करिव पौने दुई बजे त्रिनगर भंसारको ढाँडबाट कार भाग्न खोजेको थियो ।
रोक्न खोज्दा नरोकिए पछि प्रहरीको पोष्टमा कारलाई रोकेर चेकजाँच गर्दा दस लाख भारतीय रुपियाँ बरामद भएको हो ।
भारतीय रुपियाँ र कार भंसार कार्यालयको नियन्त्रणमा रहेको छ । सो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।  सौर्य

प्रतिक्रिया