संयुक्त सभाका लागि कांग्रेसद्वारा खटनपटन

काठमाडौ, २१ जेठ । कांग्रेस/एमालेसहितका राजनीतिक दलहरुले २६ जेठमा खुल्ला मञ्चमा गर्न लागेको संयुक्त सभालाई प्रभावकारी बनाउन कांग्रेसले केन्द्रीय सदस्यहरुमा बाँडफाँट गरेको छ ।
उसले २६ गतेको सभाको प्रचार र उल्लेख्य जनसहभागिता गराउनका लागि उपत्यकाका सबै क्षेत्रका साथै भ्रातृ तथा शुभेच्छुक संगठन परिचालन गर्न केन्द्रीय सदस्य खटाएको हो । जिम्मेवारी पाएका केन्द्रीय सदस्यले सम्बन्धित पक्षसँग छलफल गरी जनसहभागिता लगायतमा पहल गर्ने छन् ।
महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उपत्यकाका तीनवटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा एक/एक जना केन्द्रीय सदस्य खटाएको छ ।
कांग्रेसले सबै भ्रातृ तथा शुभेच्छुक संगठन परिचालनाका लागि पनि केन्द्रीय सदस्य खटाएको जनाएको छ । नेपाल विद्यार्थी संघमा गगन थापा र बद्री पाण्डे, नेपाल तरुण दलमा बालकृष्ण खाँण, धनराज गुरुङ, शंकर भण्डारी, इश्वरी न्यौपाने, दलित संघमा जीवन परियार, नेपाल महिला संघमा मिना पाण्डे, सुजाता परियारसहित आठ जनालाई खटाएको छ ।
त्यस्तै, नेपाल किसान संघमा कृष्णचन्द्र नेपाली, भूतपूर्व सैनिक संघमा केशबकुमार बुढाथोकी, आदिवासी जनजाति संघमा नरेन्द्रविक्रम नेम्वाङ र सूर्यमान गुरुङ, अपाङ्ग संघमा रत्ना शेरचन, मुस्लीम संघ नेपालमा फर्मुल्ला मन्सुर, नेपाल तामाङ संघमा राजनराज पन्त, नेपाल मगर संघमा सीता गुरुङ र मिना सुब्बालाई खटाएको कांग्रेसले जनाएको छ ।
त्यस्तै, नेपाल ठाकुर संघमा रामकुमार चौधरी, नेपाल ट्रेडयूनियन (स्वतन्त्र)मा भिष्मराज आङ्दम्य, सास्कृतिक संघमा अजय चौरासीया, निजामती कर्मचारी संघमा सुरेन्द्रराज पाण्डे, लोकतान्त्रिक वैदेशीक रोजगार संघमा दीपक गिरी र रामचन्द्र तिवारी, प्रशासन व्यवस्था तथा विकास केन्द्रमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई जिम्मेवारी तोकिएको छ ।
नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघमा दिलेन्द्र प्रसाद बडु, शेर्पा संघमा उमाकान्त चौधरी, लोकतन्त्रवादी कानून व्यवसायी संघमा पुष्पा भूषाल, नेपाल चिकित्सक संघ अर्जुनप्रसाद जोशी, नेपाल शिक्षक संघ मानबहादुर विक, नेपाल प्रेस यूनियनमा चन्द्र भण्डारी र प्रजातान्त्रिक सेनानी संघमा डिल्लीराज रेग्मीलाई सभाको तयारी गर्न खटाएको छ ।

कांग्रेस/एमाले सहित डेढ दर्जन बढि साना दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले अवैधानिक रुपमा संविधानसभाको नयाँ निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त आन्दोलन शुरु गरेका छन् ।

प्रतिक्रिया