युवा जो युरोकपमा जम्न सक्छन्


लन्डन, २१ जेठ । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटा महत्त्वपूर्ण पक्ष भनेको त्यस प्रतियोगिताले स्थापित गराउने युवा प्रतिभा नै हो । अहिले क्रिस्टियानो रोनाल्डो, डेविड सिल्भा र रोबिन भान पर्सी खेलजीवनको मध्य अवस्थामा छन् । तर, केही यस्ता युवा खेलाडी छन्, जसको चर्चा छैन । उनीहरू कम उमेरकै छन् तर युक्रेन र पोल्यान्डमा हुने युरोकप–२०१२ लाई रामै्रसँग प्रभाव पार्न सक्छन् ।
इङल्यान्डले पहिलो चरणका दुई खेल स्टार फरवार्ड वेन रोनीविना नै खेल्दै छ । रोनीविना नै स्वीडेन र फ्रान्ससँगको खेलपछि समूह ‘डी’ मा रहेको इङल्यान्डले युक्रेनको सामना गर्नेछ । यस अवस्थामा इङल्यान्डलाई क्वार्टरफाइनलमा प्रवेश गर्नका लागि अग्रपंक्तिमा अन्य कुनै खेलाडीको बलियो भर चाहिन्छ नै । यसका लागि रोनीको अनुपस्थितिमा म्यानचेस्टर युनाइटेडको उद्धार गरेभैंm इङल्यान्डलाई पहिलो चरण पार गराउन डेनी वेलब्याकको ठूलो साथ रहने अपेक्षा गरिएको छ ।
वेलब्याक चारपटक मात्र इङलिस राष्ट्रिय टोलीमा अटाएका छन् जो एकपटक मात्र सुरुआती टोलीमा परेका छन् र एक सर्ट प्रहार गरेका छन्, त्यो पनि ‘अफ टार्गेट’ । यो तथ्यांकलाई आधार मान्दा वेलब्याक राम्रा खेलाडी नलाग्न सक्छन् । तर, क्लब फुटबलमा देखिएको गोल गर्ने खुवी, अन्य फरवार्डलाई बल उपलब्ध गराउने क्षमता, सानो क्षेत्रमा छोटो पास खेल्ने विशेषता र परफेक्ट थ्रूपास उनका महत्त्वपूर्ण आधार हुन् ।
२००६ को विश्वकपमा उपविजेता भएयता फ्रान्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन रहेन । सन् २००८ को युरोकप र २०१० को विश्वकपमा फ्रान्स पहिलो चरणबाट बाहिरियो । यसबीचमा प्रभावकारी युवा खेलाडी पनि देखिएनन् । तर, यसपटक रेनसका मिडफिल्डर यानम भिल्ला जम्ने अपेक्षा गरिएको छ । २१ वर्षीय यी मिडफिल्डरले गोलको वर्षा गरेका छैनन् । तर, ८३ परसेन्ट पास सफल भएका कारण उनलाई प्रतिभाशाली मिडफिल्डरको रूपमा हेरिएको छ । आक्रमणमा गएको समयमा पनि तुरुन्त फर्कन सक्ने, राम्रो टयाकल र सही पोजिसनमा रहने विशेषताका कारण उनी आसन्न युरोकपमा फ्रान्सका सबैभन्दा महत्त्वपूर्ण मिडफिल्डर हुनेछन् । २१ वर्षीय मारियो ब्यालातोली निर्विवादरूपमा प्रतिभाशाली स्ट्राइकर हुन् । इङलिस प्रिमियरसिपको पछिल्लो सिजनमा देखाएका केही हर्कतका कारण उनी विवादमा देखिए । तथापि इटालीको प्रतिनिधित्व गर्दा उनी अनुशासित नै रहेका छन् । युरोकपमा उनीबाट धेरै गोलको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया