असार पहिलो साता एमालेको विस्तारित बैठक

काठमाडौं, २० जेठ । संघीयताको विषयमा एमालेका आदिवासी जनजाति तथा मधेसवादी नेताहरुले धमामध पार्टी छाड्न थालेपछि सो विषयमा छलफल गर्न असारको पहिलो साता अगुवा नेताहरुको विस्तारित बैठक बोलाएको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको पोलिटब्युरो बैठकलो सो विस्तारित बैठक बोलाउने निर्णय गरेको हो । राज्य पुनर्संरचना र संघीयतालगायतमा छलफल गर्न विस्तारित बैठक बोलाएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञपालीले जानकारी दिए । उनले भने, ‘असार पहिलो साता अगुवा कार्यकर्ताको भेला र विधान अधिवेशन बैठक बोलाउने निर्णय भएको छ ।
आदिवासी जनजाति र मधेसवादी नेताहरुले संघीयता तथा उनीहरुका अधिकारलाई लिएर पार्टीले स्पष्ट नीति नल्याएको भन्दै असन्तुष्टि जनाएपछि एमालेले विस्तारित बैठक बोलाएको हो ।
राज्य पुनर्संरचनाका विषयमा नयाँ धारणा बनाउन एमालेले आयोग बनाउने निष्कर्ष पनि निकालेको छ ।
एमालेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक पनि बोलाएको ज्ञवालीले बताए ।

प्रतिक्रिया