बैद्य समूहको असारमा राष्ट्रिय भेला

काठमाडौं, १९ जेठ । एकीकृत माओवादी भित्रको आन्तरिक विवाद चुलिएपछि अन्तत पार्टी विभाजनको संघारमा पुगेको छ ।
बैद्य समूहले असार एक गते राष्ट्रिय भेला बोलाए पछि सो विषयले प्रवेश पाउन सक्ने वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले संकेत गरेका छन् । उनले भने, ‘असार एक गते भेला बोलाएका छौं, भेलाले दिने सुझाव अनुसार अघि बढ्छौं ।’
उनले आज कुपण्डोलमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेलाले दिने सुझाव अनुसार अघि बढ्ने दोहराए । ‘एकै ठाउँमा बसिरहन सक्ने अवस्था भएको भए यस्तो भेला बोलाउने थिएनौं,’ बैद्यले भने, ‘पार्टी फुट्ने होइन, विचार मिल्नेहरुबीचको एकता र अवसरवादीहरुसँग छुट्टिने मात्रै हो ।’
पत्रकारहरुको जिज्ञासामा उनले पटक÷पटक पार्टी नफुट्ने पनि दोहराएका थिए ।
एमाओवादीको आन्तरिक विवाद लामो समय देखि चल्दै आएको छ । बैद्य समूह संस्थापन पक्षले बोलाउने गरेका कुनैपनि बैठकमा सहभागी हुने गरेको छैन ।

प्रतिक्रिया