एनएसकेए अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौ : नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा छैटौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भारतीय खेलाडीबीच प्रतिस्पर्धा भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषको खुला कातामा विक्रान्त सम्पट र आयुश गोयल, ४५ केजीमुनि कातामा सैकत हन्ना र लभकुश गोल्कर, ३५ केजीमुनि शुभाशीष धनपथ र तन्मे सिन्हा क्वार्टरफाइनलमा प्रवेश गरे ।
महिलातर्फ काताको १५ वर्षमुनि सुस्मिता दास र इन्दुजा मोहन्ती, ४० केजीमुनि सुस्मिता दास र स्वायाङ शुभ्रदास तथा खुलामा इन्दुजा मोहन्ती र तेजस्विनी नन्दाद सेमिफाइनलमा पुगे । पुरुषको कातामै २० वर्षमा अश्रफुल अलोम्स र इन्द्रनील बाची, १४ वर्षमा आस्तिक अग्रवाल र भवनीत सिंह तथा १६ वर्षमा सैकत मन्ना र एसके असिफ अन्तिम आठमा स्थान बनाउन सफल रहे । कुमुतेतर्फ पुरुषको २० केजीमा चेतन सिंह र गौतम पर्मार तथा २५ केजीमा नीतिन शोभाका र श्रीयोन ढाकाले सेमिनाइनलमा स्थान पक्का गरे ।
प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने बसुन्धारास्थित ग्रीनसिटी अस्पताल मेडिकल पार्टनरका रूपमा रहेको छ । ४५ स्वर्णका लागि चार दिनसम्म चल्ने प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार हुनेछ । (सौस)

प्रतिक्रिया