राष्ट्रिय सरकार बनाउन एमालेको प्रस्ताव

काठमाडौं, १५ जेठ । एमालेले अन्तरिम संविधानको व्यवस्थाबमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि अविलम्ब प्रक्रिया अघि बढाउन माग गरेको छ ।
एमाले स्थायी समितिको आज पार्टी मुख्यालय बल्खुमा बसेको बैठकले राष्ट्रिय सरकार गठन गरेर नयाँ संविधान निर्माणको कामलाई पूर्णता दिन राजनीतिक दलहरुको सहमतिका आधारमा ताजा जनादेशमा जाने निर्णय गरेको हो ।
‘एमाओवादी नेतृत्वको सरकारले संवैधानिक र राजनीतिकरुपमा आफ्नो औचित्य गुमाइसकेको छ,’ बैठक पछि अध्यक्ष झलनाथ खनालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक दलहरुको सहमतिका आधारमा अन्तरिम संविधानको व्यवस्थाबमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि अविलम्ब प्रक्रिया अघि बढाउनु पर्छ ।’
एमाओवादी नेतृत्वको वर्तमान सरकारले राजनीतिक दलहरुको सहमतिको प्रयासलाई पूर्णतः उपेक्षा गरेको भन्दै एकलौटीढंगले संविधानसभा र व्यवस्थापिका–संसद भंग गरेको खनालको आरोप छ ।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीको यस स्वेच्छाचारी र असंवैधानिक कदमको हाम्रो पार्टी तीब्र विरोध र भ्रत्र्सना गर्दछ ।’
एमाओवादी सहमतिवाट पछि हट्नाले संविधान निर्माणको प्रयास अवरुद्ध बन्न पुगेको भन्दै एमालेले सहमति भइसकेका विषयहरुलाई लिपिबद्ध गर्न गरेको प्रस्तावलाई एमाओवादीले नमानेको आरोप लगाएको छ ।

प्रतिक्रिया