मंसिर सात गते निर्वाचनः सरकार

काठमाडौं, १४ जेठ । नयाँ संविधान जारी गर्न हुन नसकेपछि सरकारले मंसिर सात गते निर्वाचन गर्ने निर्णय गरको छ ।
मन्त्रिपरिषदको आज राति सिंहदरबारमा बसेको बैठकले मंसिर सात गते निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए । उनले संविधानसभाबाट नयाँ संविधान जारी गर्न नसकेपछि बाध्य भएर निर्वाचन घोषणा गर्नुपरेको बताए ।
सरकारले निर्वाचन घोषणा गरेपनि कांग्रेस, एमाले, राप्रपा लगायतका दलले विरोध जनाएका छन् । एमाले मन्त्रीहरुले भने निर्वाचन प्रस्तावको विरोध गर्दै मन्त्रिपरिषद बहिष्कार गरेका थिए ।

प्रतिक्रिया