परामर्श जारी, सहमतिमा पुनः जटिलता


काठमाडौं, १४ जेठ । विवादित विषयमा सहमति जुटाउन विहानैदेखि आन्तरिक छलफल र राजनीतिक परामर्शमा केन्द्रित प्रमुख दलहरुको बैठकबाट विभिन्न धारणा आएका छन् ।
सिंहदरबारमा बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको बैठकमा संघीयतालाई लिएर पुनः विवाद भएको छ । दिउसो सहमतिको नजिक पुगेका प्रमुख दलहरुका वीच पुनः सीमाङकन, संख्या र नामलाई लिएर विवाद भएको नेताहरुको भनाई छ ।
बैठक पछि बाहिरिएका एमाओवादी सचिव पोष्टबहादुर बोगटीले संघीयतका विषयमा कांग्रेस र एमाले बाधक बनेको आरोप लगाए । उनले भने, ‘अब नयाँसंविधान आउने मैले देखेन, बिकल्पहरुका बारेमा छलफल शुरु भएको छ ।’
एमाले नेता केपी ओलीले पनि नयाँ संविधान बन्नेमा समस्या रहेको बताए । उनले एमाओवादी र मधेसी मोर्चालाई त्यसको आरोप लगाएका छन् ।
कांग्रेस र एमालेले ल्याउने प्रस्तावहरुमा अबको छलफल केन्द्रित हुने बोगटीले बताए । दलहरुले छलफलबाट बाहिरिने क्रममा एक अर्कालाई दोष लगाउने गरेपनि के विषयमा मुख्य विवाद छ भन्ने बारेमा स्पष्ट बताउन मानेका छैनन् ।

छलफलहरु विभिन्न चरणमा जारी रहेका छन् ।

यसैवीच, बिहान एघार बजेका लागि बोलाईएको संविधानसभा बैठक अहिले सम्म बस्न नसकेपछि सभासदहरु तनाबमा परेका छन् ।

प्रतिक्रिया