प्रधानमन्त्रीद्धारा डा.यादव र दाहालसँग भेटबार्ता

काठमाडौं, १४ जेठ । नयाँ संविधान जारी गर्ने समय केही घण्टा मात्रै बाँकी रहदा प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति डा.रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अलग अलग भेट गरी पछिल्लो वस्तुस्थितीका बारेमा परामर्श गरेका छन् ।
भेटमा नयाँ संविधान र विवादित विषयहरुमा छलफल भएको स्रोतले जनाएको छ । दलहरु आआफ्नै अडानमा रहेपछि निकास आउन सकेको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डा.यादव र अध्यक्ष दाहालसँग नयाँ संविधान जारी हुन नसकेको अवस्थामा आउने परिस्थिती, संकट र निर्वाचन लगायतमा परामर्श गरेका हुन् ।
राज्य पुनर्संरचना अन्तर्गत संघीय राज्यको नामाङकन र सीमाङकन लगायतमा दलहरुका वीच विवाद छ । सोही विवादका कारण नयाँ संविधान मध्यरातसम्म आउछ वा आउदैन भन्नेमा आशंका उब्जीएको छ ।

प्रतिक्रिया